दफा ३८
साक्षी हुन सक्ने व्यक्ति
कलिलो उमेर, अति बृद्धावस्था वा शारीरिक वा मानसिक रोग वा अरू त्यस्तै कारणले गर्दा आफूलाई सोधिएको प्रश्न बुझ्न नसक्ने वा त्यसको युक्तियुक्त जवाफ दिन नसक्ने भनि अदालतले ठहराएको व्यक्ति बाहेक मतियार वा सहअभियुक्त लगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्नेछ ।